अमरगढी नगरपालिकाको चरम लापरवाहीले मसानघाट बन्दै मालम दोबाटोको बनभोज क्षेत्र

गणेश रोक्का
अमरगढी नगर कार्यपालिकाको कार्यालय डडेल्धुराको चरम लापरवाहीले गर्दा डडेल्धुरा बागबजार, तुफानडाँडा, किर्तिपुर आदि क्षेत्रको फोहर मालम जाने दोबाटोको बनभोज क्षेत्रमा फाल्ने गर्दा २४ सै घण्टा मसानघाट जस्तै धुँवा निस्किरहने भएकाले दिन प्रतिदिन सो क्षेत्र मसानघाटको रुपमा परिणत हुँदै गईरहेको छ । बागबजारबाट २ किलो मिटरको दुरीमा अवस्थित मालम दोबोटोको नजिक पर्ने बनभोज क्षेत्रमा बजार क्षेत्रको फोहर फाल्दा आज भोली मालम जाने व्यक्तिहरु बनभोज गर्ने व्यक्तिहरु अमरगढी पार्क तथा बनभोज क्षेत्रमा पर्यटकिय रुपमा घुम्न जाने व्यक्तिहरुलाइ समेत साँस फेर्न गार्हो हुनुको साथै हिडडुल गर्न पनि समस्या भईरहेको स्थानीय समाजसेवी युवा सुरत तमोलीले हिन्दकुशलाइ भने ।
यसको बारेमा अमरगढी नगर कार्यपालिकाका नगर प्रमुख डिल्ली राज जोशीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन भने अमरगढी नगरपालिकाका वडा नं. १ का अध्यक्ष लोक बहादुर ऐरलाई सोध्दा तत्कालको लागि मात्र फोहर व्यवस्थापनको लागि सो क्षेत्रमा फोहर व्यवस्थापन गर्ने सहमती भएको हो र सहमतीको अन्तिम समय ६ महिना भन्दा बढी भईसकेकाले अब सो क्षेत्रको फोहरलाई अन्य ठाउँमा सार्नमा म पनि अग्रसर हुन्छु । आजको मिति देखि नै मन बचन कर्मले मालमबासीलाई पर्ने पिर मार्काका बारेमा समेत म जानकार रहेकाले तत्कालै नै सो ठाउँको फोहर हटाउनमा लाग्ने कुरा ऐर ले हिन्दकुशलाई बताए । २०७९ साल पुस महिना देखि नै मालम दोबाटोको बनभोज क्षेत्रमा अमरगढी नगरपालिकाको फोहर फाल्दै आईरहेकाले आजका मिति सम्म सो समय लाई केलाउदा ८ महिना भन्दा बढी भईसकेकाले पनि स्थानीय सरकारले कुनै पनि पहल नगरेकाले मालम समुदायमा बसोबास गर्ने स्थानीय व्यक्ति समाजसेवी तथा बुद्धिजिवीको अगुवाईमा चाँडै नै फोहर हटाउने काममा लाग्नको लागि स्थानीय समुदायलाई जानकारी गराईसकेको र सो फोहरले स्वास्थ्यमा पार्ने असरका बारेमा समेत मालम समुदाय जानकार भएकाले तुरुन्तै यसलाई हटाउनमा हाम्रो समुदाय डटेर लाग्ने समेत तमोलीले हिन्दकुशलाई बताए ।
फोहर फाल्ने क्षेत्र वरीपरि चारैतिर देवी देवताका देवस्थल खानेपानी ट्यांकी २४ सै घण्टा हिड्ने बाटो हरियाली सामुदायिक वन तथा पशु चौपायको चरन क्षेत्र भएकाले स्थानीय स्वायत्त शासन ऐन २०७४ को नियम कानुन विपरित हुने गरेका यि यस्ता मानविय स्वास्थ्यमा असर पर्ने जोखिम किसिमका कार्यहरु हुनु र स्वास्थ्यका दृष्टिले पनि शहरीया क्षेत्र भन्दा ५ किलो मिटर टाढा मानविय वस्ती पशु चौपाया र बन्यजन्तु आदिलाई असर नपर्ने क्षेत्रमा बनाउनु पर्ने फोहर व्यवस्थापन लाई मानवको स्वास्थ्यमा सोझै नकारात्मक असर पर्ने जोखिम किसिमको क्रियाकलाप गर्नु स्थानीय सरकारको जनता प्रतिको जवाफहिनताको पराकाष्ठ भएकाले र भोलीका दिनमा यस क्षेत्रमा रहेको फोहरले पार्ने असरको जिम्मेवारी सम्बन्धित वडाका जनप्रतिनिधि तथा अमरगढी नगरपालिकाले लिनु पर्ने आवश्यक छ की छैन भन्ने प्रश्नको जनगुनासो व्यापक रुपमा खडा भएकाले यसको निराकरण तथा ठाउँ स्थानान्तरण गर्नको लागि अमरगढी १ को वडा नेतृत्व तथा अमरगढी नगरपालिका डडेल्धुराले दायित्वबोध लिनु आवश्यक देखिने कुरामा दुईमत हुन नसक्ला ।

Leave A Reply

Your email address will not be published.