मसानघाट बनिरहेको मालम दोबाटोको बनभोज क्षेत्रमा फोहर फाल्न रोक्न अमरगढी नगरपालिकाको ढिलासुस्ती

सम्बन्धित निकायले सहमतिको पालना नगरेमा कात्तिक २३ गते देखि दबाबमुलक कार्यक्रम गर्न बाध्य हुने फोहर प्रभावित क्षेत्रका बासिन्दाको भनाई

गणेश रोक्का
कात्तिक १७ गते
जिल्ला प्रसाशन कार्यालय डडेल्धुराको समन्वयमा तथा फोहर प्रभावित क्षेत्रका बासिन्दाको दबाबमुलक कार्यक्रम मार्फत लचकता अपनाएको अमरगढी नगर कार्यपालिकाको बिचमा २०८० श्रावण २२ गते फोहर व्यवस्थापनको लागि बैकल्पीक व्यवस्था गरी सो क्षेत्रमा रहेको फोहरलाई कात्तिक २२ गते भित्र नै अन्य ठाउँमा स्थानान्तरण गर्ने सहमती भएको करिब ३ महिना हुनै लाग्दा समेत सम्बन्धित निकायले कुनै चासो नदिँदा अहिले सो ठाउँमा पहिले भन्दा पनि झन दुर्गन्धित वातावरण बन्दै गईरहेको प्रष्ट देख्न सकिन्छ भने अमरगढी नगर कार्यपालिकाको कार्यालय डडेल्धुराको ढिलासुस्तीले गर्दा डडेल्धुरा बागबजार, तुफानडाँडा, किर्तिपुर आदि क्षेत्रको फोहर मालम जाने दोबाटोको बनभोज क्षेत्रमा फाल्ने गर्दा २४ सै घण्टा मसानघाट जस्तै धुँवा निस्किरहने भएकाले दिन प्रतिदिन सो क्षेत्र मसानघाटको रुपमा परिणत हुँदै गईरहेको छ । बागबजारबाट २ किलो मिटरको दुरीमा अवस्थित मालम दोबोटोको नजिक पर्ने बनभोज क्षेत्रमा बजार क्षेत्रको फोहर फाल्दा मालम जाने व्यक्तिहरु बनभोज गर्ने व्यक्तिहरु अमरगढी पार्क तथा बनभोज क्षेत्रमा पर्यटकिय रुपमा घुम्न जाने व्यक्तिहरुलाइ समेत साँस फेर्न गार्हो हुनुको साथै हिडडुल गर्न पनि समस्या भईरहेकाले सहमति कार्यान्वयनमा अमरगढी नगरपालिकाले छिटो भन्दा छिटो समस्याको समाधान गर्नुपर्ने कुरा स्थानीय समाजसेवी युवा सुरत तमोलीले हिन्दकुशलाइ भने ।
यसको बारेमा अमरगढी नगर कार्यपालिकाका नगर प्रमुख डिल्ली राज जोशीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन भने अमरगढी नगरपालिकाका वडा नं. १ का अध्यक्ष लोक बहादुर ऐरलाई सोध्दा जिल्ला प्रशासन कार्यालयमा अमरगढी नगरपालिका सरोकारवाला निकाय तथा फोहर प्रभावित क्षेत्रका बासिन्दा बिच भएको सहमती अनुसार नै कार्यान्वयन गर्नुपर्नेमा आफु दृढ रहेकाले सो फोहर ३ महिना अगाबै हटाउनमा अमरगढी १ वडाको तर्फबाट अग्रसर हुनेमा आफु सक्रिय रहेकाले सो क्षेत्रको फोहरलाई अन्य ठाउँमा सार्नमा म पनि अग्रसर हुन्छु भनेर ऐरले हिन्दकुशलाई बताए । २०७९ साल पुस महिना देखि नै मालम दोबाटोको बनभोज क्षेत्रमा अमरगढी नगरपालिकले फोहर फाल्दै आईरहेकोले र फोहर फाल्न रोकावट गर्ने सम्बन्धमा सहमती भए पनि स्थानीय सरकारले कुनै पनि पहल नगरेकाले मालम समुदायमा बसोबास गर्ने स्थानीय व्यक्ति समाजसेवी तथा बुद्धिजिवीको अगुवाईमा चाँडै नै फोहर हटाउने काममा लाग्नको लागि स्थानीय समुदायलाई जानकारी गराईसकेको र सो फोहरले स्वास्थ्यमा पार्ने असरका बारेमा समेत मालम समुदाय जानकार भएकाले तुरुन्तै यसलाई हटाउनमा हाम्रो समुदाय डटेर लाग्ने समेत तमोलीले हिन्दकुशलाई बताए ।
फोहर फाल्ने क्षेत्र वरीपरि चारैतिर देवी देवताका देवस्थल खानेपानी ट्यांकी २४ सै घण्टा हिड्ने बाटो हरियाली सामुदायिक वन तथा पशु चौपायको चरन क्षेत्र भएकाले स्थानीय स्वायत्त शासन ऐन २०७४ को नियम कानुन विपरित हुने गरेका यि यस्ता मानविय स्वास्थ्यमा असर पर्ने जोखिम किसिमका कार्यहरु हुनु र स्वास्थ्यका दृष्टिले पनि शहरीया क्षेत्र भन्दा ५ किलो मिटर टाढा मानविय वस्ती पशु चौपाया र बन्यजन्तु आदिलाई असर नपर्ने क्षेत्रमा बनाउनु पर्ने फोहर व्यवस्थापन लाई मानवको स्वास्थ्यमा सोझै नकारात्मक असर पर्ने जोखिम किसिमको क्रियाकलाप गर्नु स्थानीय सरकारको जनता प्रतिको जवाफहिनताको पराकाष्ठ भएकाले र भोलीका दिनमा यस क्षेत्रमा रहेको फोहरले पार्ने असरको जिम्मेवारी सम्बन्धित वडाका जनप्रतिनिधि तथा अमरगढी नगरपालिकाले लिनु पर्ने आवश्यक छ की छैन भन्ने प्रश्नको जनगुनासो व्यापक रुपमा खडा भएकाले यसको निराकरण तथा ठाउँ स्थानान्तरण गर्नको लागि अमरगढी १ को वडा नेतृत्व तथा अमरगढी नगरपालिका डडेल्धुराले दायित्वबोध लिनु आवश्यक देखिने कुरामा दुईमत हुन नसक्ला । फोहरमैला फाल्न रोकावट गर्ने सहमतीका विषयमा अमरगढी नगरपालिकाले राखेको सार्वजनिक सुनुवाईको कार्यक्रम तथा विभिन्न सरोकारवाला निकायको कार्यक्रममा फोहरको बारेमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको देखिएकाले अमरगढी नगर कार्यपालिकाले जिम्मेवारी तथा जवाफदेहिता अपनाउन नसकेकाले आफुहरु २०८० कात्तिक २२ गतेको समय सिमालाई पर्खेर बसेकाले यदि सो समय सिमा सम्म सम्बन्धित निकायले फोहर फाल्न रोकावट गर्ने विषयमा कुनै पहल नगरेमा फोहर प्रभावित क्षेत्रका बासिन्दा दवावमुलक कार्यक्रम गर्न बाध्य हुने भएकाले सम्बन्धित निकायको समयमै ध्यानाकर्षण हुनुपर्ने कुरा समेत तमोलीले हिन्दकुशलाई बताए । यसरी पटक पटक दवावमुलक कार्यक्रमहरु गरीरहदा र सहमतिका कोरा कागजहरु बनीरहदा समेत स्थानीय सरकारले कानमा तेल हालेर फोहर प्रभावित क्षेत्रका बासिन्दालाई झुक्याउनमै मात्र तल्लीन बनिरहनु तथा स्वास्थ्यका दृष्टीकोणले पनि यि यस्ता मानविय असर पर्ने क्रियाकलाप लाई रोकथाम गर्न नसक्नु कतै दायित्वबोध बाट भाग्न जुक्ति त हैन भन्ने कुराको जनचासो आम जनमानसमा परिरहेकाले समयमै सहमतिको कार्यान्वयन गरी स्थानीय बासिन्दालाई सिंह दरबारको अधिकार घर घरमा आएको महसुस गराउनुमा स्थानीय सरकारले बढी जिम्मेवारी हुनु पर्ने देखिन्छ की ?

Leave A Reply

Your email address will not be published.