ललिता निवास प्रकरणका दोषीमध्ये कसलाई कति तोकियो धरौटी ?

ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबै जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

थुनामा रहेका १८ जनामध्ये एक जना केशव तुलाधरलाई सामान्य तारेखमा र बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कसलाई कति धरौटी ?

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने केशव तुलाधर साधारण तारेखमा रिहा हुने भएका छन् ।

यस्तै, शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख, घमन कुमार कार्कीलाई ७ लाख ५० हजार, गोपाल कार्कीलाई ७ लाख ५० हजार, विनोद पौडेललाई १५ लाख, योगराज पौडेललाई ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार धरौटी तोकिएको छ ।

यसैगरी, अरुण कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जनलाई १ लख १० हजार, देवनारायण महर्जनलाई १ लाख १० हजार, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार र लोकहरि घिमिरेलाई ७ लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.