डडेल्धुराको हवाइ ग्राउण्डमा भदौ ५देखी ७ गते सम्म देउडा कार्यक्रम हुने

ओमकार सनातन हिन्दु प्रतिष्ठान डडेल्धुराले सुदूरपश्चिमेलीहरुको महान गौरा पर्वको अवसरमा देउडा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ओमकार सनातन हिन्दु प्रतिष्ठान र अमरगढी नगरपालिका वडा नं ८ को संयुक्त आयोजनामा गौ माता बचाउ अभियान, लोक संस्कृति कला संरक्षण गरौ, लागु औषध तथा दुव्र्यसनि हटाऔँ सभ्य समाज निर्माण गरौ, भन्ने मुल नाराका साथ देउडा कार्यक्रम सञ्चालन गर्न लागिएको ओमकार सनातन हिन्दु प्रतिष्ठानका अध्यक्ष तिलक बहादुर हमालले बताए ।

कार्यक्रम अमरगढी नगरपालिकाको वडा नं ८ को हवाइ ग्राउण्डमा भदौ ५ गते सञ्चालन हुने अध्यक्ष हमालले बताए । उनका अनुसार देउडा, फाग, चैत, धुमारी जस्ता अन्य सांस्कृतिक कार्यक्रमहरुसगै देउडिया कलाकारहरुको प्रस्तुती रहनेछ ।

Leave A Reply

Your email address will not be published.