दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल आईसीयूमा भर्ना

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल सैनिक अस्पताल भर्ना भएका छन् ।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनलाई स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूमा उपचार सुरू गरिएको हो ।

७५ वर्षीय कट्‌वाल पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण पीडित छन् । हप्तामा दुई दिन कट्‌वालको डायलासिस गराइँदै आइएको छ ।

डायलासिसको क्रममा उनलाई समस्या देखिएको भएपनि अहिले केही सुधार देखिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.