डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु

धनगढी: डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भूकम्पमा परी ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेको प्रहरीले बताएको छ। घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्।

Leave A Reply

Your email address will not be published.