दहब्यारेक डडेल्धुरामा कार्यरत नेपाली सेनाका जवान बेपत्ता

डडेल्धुराको रण वम गण दहब्यारेकमा कार्यरत नेपाली सेनाका जवान एक सातादेखी बेपत्ता भएका छन । तिहारको लागि बिदा लिएर घर गएका जवान धर्मसिंह कार्की जवान सम्पर्कबिहिन भएको  उनका श्रीमती सुरन्ती धामीले बताईन ।

श्रीमान बेपत्ता भएपछी स्थानीय प्रशासन तथा आम सञ्चारकर्मीलाई श्रीमानको खोजि गरीदिन उनकी श्रीमती धामीले अपिल गरेकी छन । कार्तिक ८ गते ब्यारेकवाट घर बिदामा गएको र घर गएको दिन आफुलाई कुटपिट गरेर अर्काे बिहे गर्ने भन्दै सम्पर्क बिहिन भएको उनकी श्रीमती धामीले बताईन ।

बेलाबखतमा माईती घरवाट पैसा माग्न करकाव गर्ने, ससुरालीबाट दाईजो नदिएको भन्दै शारीरीक तथा मानसिक यातना दिने गरेको उनले बताइन । ‘उनले भनिन, चार महिनाको छोरा छ, म ब्यारेकमा अलपत्र छु।’

डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिका घर भएका कार्की घरजाने भनेर विदामा घर गएको र कार्तिक १२ गते ब्यारेक जान्छु भनेर घरबाट हिँडेको भएपनि ब्यारेक नपुगी सम्पर्क बिहिन भएको उनले बताईन ।

Leave A Reply

Your email address will not be published.