दुःख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयोः बालेन

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्। मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै साहले साथीकै रेष्टुरेण्ट भत्काउनुपरेकोमा दुख लागेको बताए।

पत्रकार शिव दाहालले ट्वीटमा राखेको भिडिओमा उनले ‘आहा कलिलो तामालाई सोध रामालाई’ भाकामा गीत गाएका छन्। साहले गाएका छन्,

‘कति राम्रो राम्रो गीत यहाँ गाइयो,
दुस्ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा निर्वाचित भएर आएपछि बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने कार्यलाई निरन्तरता दिएका छन्।

Leave A Reply

Your email address will not be published.