समाजवादीकाे बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेल्धुरा कमिटीलाई निर्देशन

डडेल्धुरा : नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेल्धुरा कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा (ख) मा डा. ताराप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। जिल्ला कमिटीले बीपी कांग्रेससँग तालमेल गरेको थियो । प्रतिनिधि सभामा कर्ण मल्ललाई सघाउने प्रदेशमा डा. जोशीलाई सघाउने सहमति भएको थियो ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिए।

साथै जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टी निणर्य विपरीत काम नगर्न निर्देशन दिए।

यता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जोशी कारबाही भोग्न तयार भएको तर,उम्मेदवारी निष्क्रिय नपार्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.