एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाण्डू, १ कात्तिक–मंगलबार दिउँसो गृहजिल्ला झापा आएका एमाले अध्यक्षएवं पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा आएका हुन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमापत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए

Leave A Reply

Your email address will not be published.