जंगलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला

दाङ । दाङको जंगलमा गाडिएको अवस्थामा आइतबार दिउँसो दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नम्वर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको रहेका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, असोज २७ गते रातिदेखि उनीहरु बेपत्ता भएका थिए ।

बेपत्ता आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन् । घर परिवारले सुरूमा उनीहरु प्रेममा परी भागेको हुनसक्ने आशंका गर्दै आएका थिए ।

प्रहरीका अनुसार, उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने अनुमान गरिएको भएपनि घटनाको बारेमा यकिन विवरण आएको छ । मृतक दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.