देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडाैं । प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने प्राधिकरणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.