धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा ओझाको मृत्यु

धनगढी: धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटना भएको हो।

सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाले चलाएको से६प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको, अनुहारमा चोट लागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको र चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनको शव मायामेट्रो अस्पतालमै रहेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनी डडेल्धुरास्थित महेन्द्र माविमा अध्यापन गराउँदै आएका थिए।

Leave A Reply

Your email address will not be published.