कैलाली ५ मा उम्मेदवार बनेका ओझाले पाए ‘माछा’ चुनाव चिह्न, भण्डारीलाई ‘केरा’

धनगढी: कैलालीको क्षेत्र नम्बर ५ मा प्रतिनिभि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाले चुनाव चिह्न माछा पाएका छन्। गत निर्वाचनमा काँग्रेस नेत्री आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै उनलाई कारबाही गरिएको थियो।

यस्तै क्षेत्र नम्बर ५ प्रदेश सभा ‘२’ मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवाविरुद्ध बागी उम्मेदवार बनेका छितिज भण्डारीले चुनाव चिह्न केराको काइयो पाएका छन्। त्यसैगरी प्रदेश सभा ‘१’ मा स्वतन्त्र उम्मेदवार बनेका रमेश कुमार बस्नेतले पनि चुनाव चिह्न केराको काइयो पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.