टियुको वेबसाइट ह्याक, ह्याकरले मागे सन्दीप लामिछानेलाई न्याय !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ ।

संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसएसआईटी, बीआईटी लगायतका शैक्षिक कार्यक्रमकाे प्रवेश परीक्षाका लागि फारभ भर्ने पेज ह्याकरले पहुँचमा लिएका हुन् । बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय हुँदा पेज नै ह्याक भएको हो ।

ह्याक भएको पेजमा क्रिकेटर सन्दिप लामिछानेलाई न्याय दिन माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.