पार्टी निर्णय विपरित डडेलधुरामा एमाले नेताले दिए उम्मेदवारी

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहने डडेलधुराबाट एमालेकका नेता विक्रम शाहीले उम्मेदवारी दिएका छन्। एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय विपरित उनले  प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी  दिएका हुन्।

उम्मेदवारी पछि शाहीले भनेका छन्, ‘एमालेको उम्मेदवार रहे एमालेको समर्थनमा फिर्ता लिने, एमालेको उम्मेदवारी कायम नरहेको अवस्थामा अरुलाई मतदान गर्नु भन्दा आफूले आफैंलाइ मत दिने गरी डडेलधुरामा उम्मेदवारी दर्ता गरियो
शाही केही समयअघि मात्रै एमालेमा फर्केका हुन्। एकीकृत समाजवादीमा पुगेका उनी उक्त पार्टीका सुदूरपश्चिम अध्यक्ष समेत बनेका थिए

Leave A Reply

Your email address will not be published.