हेल्प फर हेप्पीनेसद्वारा पत्रकार विष्टसहित चार जना सम्मानित

धनगढीः सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले पत्रकार जनक विष्टसहितका चार जनालाई सम्मान गरेको छ। सामाजिक कार्यमा सक्रिय युवा आवद्ध संस्था हेप्पीनेसको सातौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विष्टसहितका चार जनालाई प्रशंसापत्रसहित सम्मान गरेको हो।

विज्ञापन Generator सम्मान पाउनेमा सेती प्रादेशिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डाक्टर होमप्रसाद पन्त, हेप्पीनेसका सुदूरपश्चिम प्रदेश सदस्य कमल पनेरु र प्रदेश सदस्य बैतडी संयोजक भरत विष्ट पनि रहेको उक्त संस्थाले जनाएको छ। विज्ञापन cp प्रेस चौतारी कैलालीका सचिव समेत रहेका पत्रकार विष्ट र डाक्टर पन्त संस्थाको सुदूरपश्चिम प्रदेश सदस्य पनि हुन्।

उनीहरुलाई वर्षभरी सर्वोत्कृष्ट काम गर्दै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको भन्दै सम्मान गरिएको हो। वार्षिकोत्सवको अवसरमा धनगढीको न्यू लाईफ मिसन बाल गृहमा आश्रीत बालबालिकालाई सहयोग समेत गरिएको छ।

विज्ञापन kumari Neuro प्रदेश संयोजक घनश्याम भण्डारीको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाले त्यहाँ आश्रीत १६ जना अनाथ बालबालिकालाई न्यानो लुगा, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो। वार्षिकोत्सवकै अवसर पारेर संस्थाले सचेतना कार्यक्रम पनि गरेको थियो। विज्ञापन Sonalika हेल्प फर हेप्पीनेसले आपतकालीन रक्तदान, आपत विपतमा परेका व्यक्तिहरुलाई आकस्मिक सहयोग, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने लगायतका काम गर्दै आएको छ। पछिल्लो एक वर्षमा मात्र १०४ पिन्ट रगत संकलन गरेर आपतकालीन अवस्थाका बिरामीलाई सहयोग गरिएको संस्थाको तथ्यांक रहेको छ।

Leave A Reply

Your email address will not be published.