डोटीमा गठबन्धन आवश्यक नरहेको कांग्रेसका पालिका सभापतिहरुको निष्कर्ष

धनगढी: नेपाली कांग्रेस, डोटीका नौवटै पालिका कमिटी सभापतिहरुले आसन्न निर्वाचनका लागि गठबन्धन आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। मंगलबार बसेको पालिका सभापतिहरुको बैठकले गठबन्धन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।

एक्लै चुनाव लडेर ठुलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म विपरीत केन्द्रीय कमिटीले चुनावी तालमेल गरे चुनाव प्रचारप्रसार र मतदानमा सहभागी नहुने जनाएको छ। शीर्ष तहमा भइरहेको छलफलमा डोटीको प्रतिनिधि सभा सदस्यको सिट एकीकृत समाजवादीको भागमा पर्ने सहमति जुटेको छ।

Leave A Reply

Your email address will not be published.