भूराजनीतिक विभाजनको बीचमा छन् चीन र भारत

चीन र भारतबीच भइरहेको भूराजनीतिक विभाजन योभन्दा थप स्पष्ट हुन सक्दैन ।

हालसालै सम्पन्न सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सामूहिक तस्बीर लिने सत्रमा सँगसँगै उभिएर पनि छिमेकी राष्ट्रका नेताहरूले न एक अर्कालाई हेरे,न मुस्कुराए न त हात नै मिलाए ।

राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच मे २०२० मा विवादित हिमाली सीमा क्षेत्रमा सैन्य अवरोध सुरु भएदेखि न भेटघाट भएको छ न कुनै बोलचाल नै । सेप्टेम्बर १६ मा उज्वेकिस्तानको समरकन्दमा भएको भेलामा पनि नेताद्वयबीच कुनै संवाद भएन ।

चिनियाँ विदेशमन्त्री वाङ यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच गत हप्ता न्यूयोर्कमा भएको ब्रिक्स सम्मेलनमा फोटो खिच्दा उस्तै अप्ठ्यारो भेट भयो र फेरि कुनै द्विपक्षीय बैठक हुन सकेन ।

विशेषगरी एससीओ शिखर सम्मेलन अघि पश्चिमी हिमालय क्षेत्रमा भारतीय र चिनियाँ सेनाको टकरावपछि पछिल्लो संवादहीनतालाई ध्यान दिँदा यी कुटनीतिक बेवास्ता वा हेलाँहोचो असामान्य छ । यसले चिनियाँ कूटनीति साँच्चै छिमेकीसँगको सम्बन्ध सुधार्नमा केन्द्रित छ कि छैन भन्ने प्रश्न पनि उठाएको छ।

दुवै पक्षले एकअर्कालाई आफ्नो प्रमुख सुरक्षा खतराको रूपमा हेरिरहेका सी र अमेरिकी राष्ट्रपति जो बाइडेन नोभेम्बरमा आमनेसामने हुने अपेक्षा गरिएको छ । तर, मोदीसँग किन वार्ता किन भएन भनेर बुझ्न मुस्किल छ ।

तथापि यो जुन २०२० मा भएको सीमा झडपपछि बेइजिङप्रति नयाँ दिल्लीको दृष्टिकोण कत्तिको बदलिएको छ भन्ने स्पष्ट सङ्केत हो, जुन ५० वर्षयताकै सबैभन्दा घातक छ । र, चीन पश्चिमसँगको झगडामा फसेको छ, शून्य-कोभिड अराजकता र घरेलु आर्थिक समस्यामा जेलिनुका साथै रुससँगको रणनीतिक संलग्नता छँदैछ । यो सन्दर्भमा यो पनि स्पष्ट छ कि भारतसँग लामो समयसम्म शत्रुता बेइजिङको पनि हितमा छैन।

शि जियांगताओ
यसले एससीओ क्षेत्रभित्र आन्तरिक तनाव र अनेकताका साथै युक्रेनमा रुसी आक्रमण, अमेरिका-चीन प्रतिद्वन्द्विता, अमेरिका र अजरबैजानबीचको सैन्य द्वन्द्व र किर्गिस्तान-ताजिकिस्तानको सीमा संघर्ष बढाउँछ ।

राजनीतिक, आर्थिक र सुरक्षा मञ्चको रूपमा अमेरिका नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिन सुरुवातीक्रममा चीन र रुसले नेतृत्व गरेको सन् २००१ मा स्थापित समूहलाई विशेषगरी सन् २०१७ मा भारतलाई सहभागी गराएपछि काम भन्दा गफ मात्रै गर्ने मञ्चको रूपमा लामो समयदेखि आलोचना हुँदै आइरहेको छ ।

कतिपयले भारतको भूमिका असहमतिलाई बढोत्तरी दिने र एससीओको पश्चिमा विरोधी एजेन्डालाई कमजोर पार्नु हो भन्छन्। यो एउटा अतिशयोक्ति हुनसक्छ, तर २०२० देखि वाशिंगटनको लागि आफ्नो रणनीतिक मूलाधारका साथ, नयाँ दिल्लीले बेइजिङको केही शीर्ष विदेश नीतिको उद्देश्यहरू रोक्न सफल भएको छ, र यो ब्लकलाई अमेरिका-चीन प्रतिद्वन्द्वमा पक्ष लिनबाट रोकेको छ।

पूर्व कूटनीतिज्ञ शि जियाङताओ एक दशकभन्दा बढी समयदेखि साउथ चाइना मर्निङ पोस्टमा चिनियाँ रिपोर्टरको रूपमा कार्यरत छन् ।

(साउथ चाइना मर्निङ पोस्टबाट भावानुवाद गरिएको)

Leave A Reply

Your email address will not be published.