कैलालीमा लागुऔषधसहित समातिएका युवक थुनाबाट फरार

धनगढी: कैलालीमा लागुऔषधसहित समातिएका युवक हतगडीसहित फरार भएका छन्। ईलाका प्रहरी कार्यालय सडकपुरबाट सोमबार दुई ग्राम लागुऔषधसहित पक्राउ परेका युवक फरार भएका हुन्।

बर्दगोरिया गाउँपालिका-२ का २८ वर्षीय जुगराम चौधरी हतगडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। फरार रहेका चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सडकपुरले बताएको छ।

Leave A Reply

Your email address will not be published.