कैलालीमा नदीहरुको बहाउ घट्दो

धनगढी: कैलालीमा नदीहरुको बहाउ कम भएको छ। कर्णाली, मोहना, मनेहरा, शिवगंगा, पथरैया, बडहरा लगायतका नदीहरुको बहाउ घट्ने क्रममा रहेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले नदीहरुको बहाउ कम भएपनि सर्तक रहन आग्रह गरेको छ।

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पानीको बाहाउ केही मात्रमा मात्रै कमी आएको छ। बस्तीमा पसेको बाढीले शनिबार १ हजार ५ सय भन्दा बढी घर डुवानमा परेका थिए। डुबानले धनजनको क्षती भएको र अझै पनि वर्षाको सम्भावना रहेकाले सर्तक रहन जोशीले आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.