डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ बडालमा असोज १ गते खुला देउडा प्रतियोगिता

डडेल्धुरामा खुला देउडा प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामि असोज १ गते बन्ढुनी पर्वको अवसर पारि प्रतियोगिता सञ्चालन हुने भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका २

बडालमा खुला देउडा प्रतियोगिता सञ्चालन हुने आयोजक बन्ढुनी पर्व व्यवस्थापन समितिले जनाएको छ ।

परम्परागत संस्कृतीको जर्गेना गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. दश हजारसहित प्रमाणपत्र, द्धितिय हुने टिमले रु. आठ हजारसहित प्रमाणपत्र, तृतिय हुने टिमले रु. पाँच हजारसहित प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा चतुर्थ हुने टिमले रु. एक हजार पाँच सयसहित प्रमाण पत्र र सान्त्वना हुने टिमले रु. एक हजारसहित प्रमाण पत्र पाउने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.