भलमन्सालाई कानूनी मान्यता दिन घोडाघोडी नगरपालिकालाई ज्ञापन पत्र

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकालाई भलमन्सालाई कानूनी मान्यता दिन ज्ञापन पत्र दिइएको छ।

नगरपालिका स्तरीय भलमन्सा कार्यसमितिले कैलालीको घोडाघोडी नगरपालिकालाई १३ बुद्धे ज्ञापन पत्र बुझाएको हो। एक कार्यक्रमका बिच नगर प्रमुख खडकबहादुर रावतलाई नगरपालिका स्तरीय भलमन्सा कार्यसमितिले १३ बुद्धे ज्ञापन पत्र बुझाएको बताइएको छ।
स्थानीय तहको चुनावको बेला भलमन्सा प्रथालाई कानूनी मान्यता दिने प्रतिबद्धता आफू सँग जाहेर गरे पनि एक सय दिन बिती सक्दा समेत प्रतिबद्धता पुरा नभएको हुँदा स्मरण होस भनेर ज्ञापन पत्र बुझाएको भलमन्सा कार्यसमितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.