पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कप च्याम्पियन

दुबई — पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका एसिया कप २०२२ को च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा जितका लागि १ सय ७१ रन पछ्याउने क्रममा २० ओभरमा १ सय ४७ रन बनाएर पाकिस्तान अलआउट भएको थियो ।

त्यसमा मोहम्मद रिजवानले सर्वाधिक ५५ रन बनाए पनि जितका लागि भने यो पर्याप्त रहेन । उनले ४९ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै इफ्टिकर अहमदले ३१ बलमा ३२ रन बनाए । श्रीलंकाली बलरमध्ये वानिन्दु हरसंगाले २७ रन दिएर चार विकेट लिए ।

यस्तै प्रमोद मदुसनले ३४ रन दिएर चार विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको श्रीलंकाले २० ओभरमा छ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । कमजोर सुरुवात लिएको श्रीलंकाले अन्त्यतिर आक्रामक हुँदै रन बटुलेको थियो । त्यस क्रममा भानुका राजापाक्षेले सर्वाधिक ७१ रन बनाए ।

उनले ४५ बलको सामना गरेर ६ चौका र ३ छक्का प्रहार गरे । राजापाक्षे नकआउट पनि रहे । उनी पछि सिल्भाले ३६ रन बनाए । सातौं क्रममा ब्याटिङका लागि आएका डि सिल्भाले २१ बलको सामना गरे । उनले ५ चौका र १ छक्का प्रहार गरे । पाकिस्तानी बलरमध्ये ह्यारिस रउफले २९ रन दिएर तीन विकेट लिए ।

Leave A Reply

Your email address will not be published.