कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

धनगढी: कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० भुडा कानीखल्लाबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ७ बस्ने राजेन्द्र धानुक र सोही नगरपालिका ८ बस्ने सन्तोष महरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

बागमती प्रदेश ०२०२९ प ०९४६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भुडा र बिओपि भुडाबाट खटिएको संयुक्त गस्ती टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारीरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.