धनगढीस्थित मोहना नदीमा एक पुरुषको शव फेला

धनगढी: धनगढीस्थित मोहना नदीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित मोहना नदीको किनारमा एक जनाको शव फेला परेको हो।

हाल नाम, थर, वतन, नखुलेका पुरुषको शव सडेगलेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.