धनगढी विमानस्थलमा हवाई इन्धनको आपूर्ति ठप्प

धनगढी: कैलालीको धनगढी विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ। ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै कैलालीको धनगढी, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन्।

निगमले हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ। तर,ट्यांकर व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले ताकेको अत्यावश्यक सेवा अन्तर्गत इन्धन आपूर्ति रोक्न पाइन्न।

निगमको धनगढी डिपोले सबै हवाई इन्धन सेवा प्रदायकलाई अत्यावश्यकता बाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न पत्राचार गरेको छ।

धनगढी डिपोकाअनुसार आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई यस्तो सूचना जारी गर्नु परेको जनाएको छ। ‘एक सातादेखि हड्ताल जारी छ। अब हामीसँग अत्यन्तै कम मात्रामा मात्रै इन्धन छ। आपत्कालीन अवस्थामा मात्रै दिन सक्छौं’ डिपो प्रमुख गणेश जोशीलेल भने।

निगमको यस्तो व्यवहारले आफूहरु मार्कामा परेको आन्तरिक हवाई उडान कम्पनीहरुले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.