डेउडा हेर्न गएकी बालिकामाथि सामूहिक बलात्कार

कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी परेको छ। घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी हुन्।

यही भदौ २१ गते मंगलबार राति ४ जनाले सामुहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्। काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ।

आरोपितमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.