मोहना किनारमा किशोरीको शव फेला

धनगढी: कैलाली भएर बग्ने मोहना किनारमा एक किशोरीको शव फेला परेको छ। भारततर्फको मोहना नदीमा किशोरीको शव फेला परेको हो।

नेपालबाट बगेर भारतमा पर्ने हल्दुघाटस्थित मोहना नदीमा किशोरीको शव फेला परेको प्रहरीले बताएको छ। किशोरीको पहिचान नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

भारतीय प्रहरी पनि घटना स्थलतर्फ आइरहेको बताइएको छ। नेपाल प्रहरीले शव सनाखतको प्रक्रिया अगाडि बढाएको छ।

Leave A Reply

Your email address will not be published.