गम्भीर रहेकी बेलायती महारानी एलिजावेथको निधन

काठमाडौँ: बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो। ‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ।

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो।

रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्। रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ। त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ।

Leave A Reply

Your email address will not be published.