अदालतबाटै भागे चोर

दाङः दाङमा सुन चोरीको आरोपमा पक्राउ परेका एक बन्दी अदालतबाट भागेका छन्।

घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई बिहीबार जिल्ला अदालतमा म्याद थपका लागि लगेको बेला अदालतबाटै भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर वलीका अनुसार विश्वकर्मालाई थुनामा राख्न अनुमति लिनका लागि न्यायाधीशसमक्ष पेस गर्ने क्रममा भागेका हुन्। उनले न्यायाधीशसमक्ष पेश गर्ने समयमा शौचालय जान्छु भनेका थिए। त्यसपछि शौच गर्न शौचालय लगिएको बेला झ्यालबाट भागेको एसपी वलीले बताए।

Leave A Reply

Your email address will not be published.