जनार्दनले गरे माओवादीको उपमहासचिव पद अश्वीकार

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पद अश्वीकार गरेका छन्। देव गुरुङलाई महासचिव बनाउने निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गरेका शर्माले बुधबार अध्यक्ष प्रचण्ड उपस्थित कार्यक्रममै आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताए।

अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमका सञ्चालक महासचिव दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि निम्त्याएका थिए। तर, उनले छैटौं उपमहासचिवको प्रसंग निकाल्दै आफू संगठन विभाग प्रमुखको रुपमा बोल्न उभिएको बताए।

महासचिव चयनमा असहमति जनाएका शर्माले उपमहासचिव पद अश्वीकार गर्ने भने पनि सार्वजनिक रुपमा उनले बुधवार सो घोषणा गरेका हुन्। उनले नीति र नेतृत्वको रक्षाका लागि आफू सधैँ लागिपरेको भन्दै अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने बताए। शर्माले भने, ‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म। अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ। म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु। आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन।’

उनले अखिल क्रान्तिकारीभित्र समानान्तर कमिटी बनाउने समूहप्रति समेत आलोचना व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.