व्यवस्थापनको पर्खाइमा डडेल्धुराका मुक्त हलिया

डडेल्धुराः डडेल्धुराका मुक्त हलियाहरुले १४ वर्ष बित्दा पनि राज्यबाट व्यवस्थित बसोवास तथा आयआर्जनको समस्या हल नभएको बताएका छन्। १४औं हलियामुक्त दिवसको अवसरमा शनिबार डडेल्धुरा सदरमुकामा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।

सरकारले व्यवस्थापन नगर्दा अहिले पनि हलियाकै जीवनशैलीमा बस्नुपरेको उनीहरुको गुनासो छ। यस्तै हलियाहरु मुक्त भएको अवस्थामा पनि व्यवस्थापनमा सरकार चुक्नु दुखद रहेको हलिया महांसघका संस्थापक अध्यक्ष दानसिंह पल्लेले बताए।

त्यस्तै हलिया मुक्तको आन्दालेनका अभियानकर्ता तथा नेता भिम कैनीले पनि राज्यले हलियाहरु मुक्त गरेपनि उनीहरुको अवस्था र रोजगारी दिनेबारे नसोचेको बताए। आफूहरु सरकार र मुलुकबाट व्यवस्थापनको आशामा रहेको उनीह्रुको भनाइ छ।

यस्तै कार्यक्रमका प्रमख अतिथि अमरगढी नगरपालिकाकी उपमेयर पार्वती झुकालले मुक्त हलियाहरुको व्यवस्थापनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने जनाएकी छन्।

Leave A Reply

Your email address will not be published.