धनगढीको जेसिस एभरेष्टले ल्यायो उत्कृष्ट नजिता, पहिलो वर्षमै कक्षा १२ का सबै उत्तीर्ण

धनगढी: कैलालीस्थित धनगढीको जेसिस एभरेष्ट माध्यमिक विद्यालयको नतिजा पहिलो वर्षमै उत्कृष्ट आएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको नतिजा अनुसार जेसिस एभरेष्टबाट कक्षा १२ को परीक्षा दिएका सबै विद्यार्थी उत्तीर्ण भएका हुन्।

बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजामा गत शैक्षिक वर्षमा भर्ना भएका सम्पूर्ण विद्यार्थी उत्कृष्ट ग्रेडसहित शतप्रतिशत उत्तीर्ण भएको प्रधानाध्यापक करुणाकर पाण्डेयले बताए। उनले मेहनती विद्यार्थी र कर्मठ शिक्षकप्रति आभार प्रकट गरेका छन्।

सार्वजनिक गुठीद्वारा सञ्चालित जेसिस एभरेष्ट मावि धनगढी उपमहानगरपालिकाको वैँयावेहडीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.