धनगढीको बसपार्कमा एक जना मृत फेला

धनगढी: कैलालीस्थित धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा बाँके हल्दारपुर बस्ने अन्दाजी ६५ वर्षीय दीपक ढुङ्गाना सोमबार राति मृत फेला परेका हुन्।

मृतक ढुङ्गाना केही समय अगाडिदेखी बसपार्क एरियामा कभाड र खाली बोतलहरु उठाउने, सोही एरियामा खाने बस्ने गरेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.