धनगढीको सडक चौडा बनाउन घर भत्काएर सहयोग गर्न सिटौला र भट्ट तयार

धनगढी: कैलालीको धनगढीस्थित मुख्य सडकको पुष्पलाल चोकमा घर भएका वीरेन्द्र सिटौलाले सडक चौडा बनाउने उपमहानगरको योजनाले आफू खुसी भएको प्रतिक्रिया दिएका छन्। उनले धनगढीको साँघुरो सडक देखेर कहिले चौडा होला भन्ने लाग्ने गरेको बताएका छन्। अहिले आएर बल्ल चौडा सडक बनाउने योजना कार्यान्वयन हुने कुराले उत्साहित भएको सिटौलाले बताए।

‘उपमहानगरपालिकाको सडक चौडा बनाउने योजनामा मेरो समर्थन छ,’ उनले भने, ‘धनगढीको प्रगती र विकास होस् भनेर मेरो दुइटा सटर आफैं भत्काउन तयार छु।’ सिटौलाले मुख्य सडक चौडा भए व्यापार व्यवसाय राम्रो हुने, घर भाडा पनि बढी पाउने सिटौलाले बताएका छन्।

यस्तै धनगढीको लक्ष्मीनारायण चोक मुख्य सडकमा घर भएका व्यवसायी पदमराज भट्टले सडक चौडा बनाउने उपमहानगरको योजना ठीक भएको बताएका छन्। उनले सुन्दर र व्यवस्थित सहरका लागि सडक पूर्वाधार महत्त्वपूर्ण कुरा भएकाले घर भत्काएर सहयोग गर्ने भट्टले बताए।

‘पहिला सडकभन्दा निकै पर घर बनेका थिए तर पछि मान्छेहरूले यतै घर बनाएका हुन्,’ उनले भने, ‘अहिले उपमहानगरले सडक चौडा बनाउने योजनाको सबैले समर्थन गर्नुपर्छ।’

Leave A Reply

Your email address will not be published.