निर्माण व्यवसायी संघ को अध्यक्षमा अवस्थी निर्वाचित

निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा भवानीदत्त अवस्थी निर्वाचित भएका छन । नयाँ नेतृत्वका लागि आईतबार भएको निर्वाचनमा अर्का उम्मदेवार दुर्लभ झुकाललाई हराउदै निर्वाचित भएका हुन


१४५ मतदाता मध्ये १0४ मत खसेको निर्वाचन संयोजक हरि भट्टले जानकारी दिए । खसेका मत मध्ये अवस्थीले ५९ मत प्राप्त गरे । झुकालले ४४ मत प्राप्त गरेको संयोजक भट्टले बताए । एक मत बदर गएको थियो ।

 

यस्तै सचिव पदमा भएको निर्वाचनमा सुरेश पाण्डेय निर्वाचित भएका छन । उनले ७७ मत प्राप्त गरेको निर्वाचन संयोजक भट्टले बताइ । पाण्डेय संग चुनावमा सहभागी सन्तोष प्रसाद भट्टले २६ मत प्राप्त गरेको संयोजकले बताए ।

निर्माण व्यवसायी समितिको अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मच चयन भएका थिए । समितिको प्रथम उपाध्यक्षमा सन्तोष कुमार खड्का, द्धितिय उपाध्यक्षमा टेकराज साउद, महासचिवमा दानबहादुर ओली र कोषाध्यक्षमा रामबहादुर बिष्ट यस अघि नै सर्वसम्मत चयन भएका थिए ।

 

Leave A Reply

Your email address will not be published.