कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु भएको छ। आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्राको ज्यान गएको हो।

बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.