अछाम-१ मा भीम रावल, २ बाट यज्ञ बोगटी सर्वसम्मत सिफारिस

धनगढीः अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट डा.भीम रावलको नाम सर्वसम्मत सिफारिस भएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ रावलको नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए। नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित भएका थिए। रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए।

प्रदेश सभाका लागि भने ४/४ जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर साथै ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा परेका छन्।

यसैगरी अछाम २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकलरूपमा सिफारिस गरिएको छ। प्रदेशसभातर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ। ‘क’ बाट प्रत्यक्षतर्फ बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको छ।

यस्तै २ को ‘ख’ बाट शिवप्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल (कालोटोपी), दीपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लीलाराज केसी र टोपबहादुर शाहीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ।

Leave A Reply

Your email address will not be published.