बाजुरामा कांग्रेसबाट ७ नेता सिफारिस, यस्ता छन् उम्मेदवार

काठमाडौंः नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ।सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन्।

सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित र मन बहादुर रावल छन्।

Leave A Reply

Your email address will not be published.