कस्तो रहला आजको मौसम ?

धनगढी: सुदूरपश्चिममा शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ। आज प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिमसहित लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका पनि एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.