बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढी: बझाङको जयपृथ्वी राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ। गएराति आएको वर्षाका कारण छबिसपाथिभेरा-१ जालेबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको बताइएको छ।सडक अवरुद्ध हुँदा बिहानैदेखि जिल्ला भित्रने र बाहिरिने सवारीसाधन ठप्प भएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताए।

Leave A Reply

Your email address will not be published.