केएमसीमा विज्ञापन उत्पादन प्रतियोगिता हुने

उत्कृष्ट विज्ञापन बनाउने टिमलाई पुरस्कारकाे व्यवस्था !

धनगढी: कैलालीको धनगढीमा विज्ञापन उत्पादन प्रतियोगिता हुने भएको छ। कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा बीबीएमा अयनरत विद्यार्थीहरुले मिलेर सञ्चालमा ल्याएको एड हाउसले उक्त प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सहभागी हुने उक्त प्रतियोगिता उत्कृष्ट विज्ञापन बनाउने टिमले पुरस्कार पाउने छन्। उत्पादन भएको विज्ञापनलाई निर्णायक तथा सामाजिक सञ्जालमा आएका लाइक कमेन्टका आधारमा उत्कृष्ट घोषणा गरिने एड हाउनका प्रतिनिधि रोशन उप्रेतीले बताए।  भिडियो १ मिनेटदेखि ३ मिनेटको हुनुपर्ने छ।प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसको बीबिएम, बीबीए र एमबीएमा अध्ययरत विद्यार्थी सहभागी हुन पाउनेछन् 

यस आयोजना समितिमा रहेका सदस्यहरुका नाम : 

  1. Dipendra Bhatt
  2.  Gautam Agrawal 
  3. Kshitiz ojha 
  4. Roshan upreti
  5. Diksysa Joshi
  6. Purnima Sharam 

 

 

 


			
Leave A Reply

Your email address will not be published.