कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढीः कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-८ बचेलाका शिशिर साउद पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय टीकापुर मातहत प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको थियो। अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.