सुदूरपश्चिममा १ वर्षमा २४२ बलात्कारका घटना, कैलालीमा सबैभन्दा बढी

धनगढीः सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा २४२ जबरजस्ती करणीका घटना भएका छन्। एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

प्रदेशको गत तीन वर्षको अभिलेख हेर्दा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए। यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि बलात्कार भएको तथ्याङ्क छ। प्रहरीका अनुसार कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका छन्। यस जिल्लामा ११९ जाहेरी दर्ता भएका छन्। यस्तै आर्थिक वर्ष ०७८/०७९ मा जवरजस्ती करणी उद्योगमा ८५ घटना दर्ता भएका छन्।

Leave A Reply

Your email address will not be published.