काठमाडौँबाट अत्तरिया आउँदै गरेको बस दुर्घटना

धनगढी: काठमाडौँबाट अत्तरिया आउँदै गरेको बस दुर्घटनामा परेको छ। बिहिवार चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पृथ्वीराजमार्गको चुम्लिङटारमा काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङ्गर गाडी एकआपसमा ठोक्किँदा दुवै गाडीमा सवार १६ जना घाइते भएका छन्।

घाइतेहरुको उपचार भरतपुरमा भइरहेको छ। बस चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.