धनगढीमा नेपाल राष्ट्र बैंकका गभर्नरविरुद्ध विरोध प्रदर्शन

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा नेपाल राष्ट्र बैंकका गभर्नरविरुद्ध प्रदर्शन गरिएको छ। बिहीबार धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेटमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कैलालीले गभर्नर महाप्रसाद अधिकारी (एम अधिकारी) लाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरुले बैंकको गेटमा कालो ब्यानर टाँसेर विरोध गरेका थिए। विरोध कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय उपाध्यक्ष मदन भुलले गभर्नरको राजीनामा माग गरेका थिए। यस्तै अखिलले देशभर आन्दोलन गरिरहेको बताउँदै कैलालीमा पनि विरोध प्रदर्शन गरिएको र अन्य थप विरोधका कार्यक्रमहरु गरिने अनेरास्ववियु क्रान्तिकारी कैलालीका सदस्य मनोजपुन मगरले बताए।

Leave A Reply

Your email address will not be published.