विवादित सुदूरपश्चिमको बजेटमा मुख्यमन्त्री भट्ट समाधान खोज्दै

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेटमाथिको विवादको समाधानका लागि छलफल थालेका छन्। उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दलको नेता, मन्त्री, राज्यमन्त्री तथा सचिवहरुसँग छलफल थालेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले नै विरोध गर्दै आएका छन्। प्रदेश सभा सदस्यहरुले माग गरेका योजनाहरु आगामी आर्थिक वर्षको बजेटमा समावेश नभएको भन्दै उनीहरुले विरोध गरेका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले बजेटमाथिको विवाद समाधान गर्नुपर्ने प्रदेश सभा सदस्यहरुले माग गरेपनि आज बैठक बोलाइएको एक प्रदेश सभा सदस्यले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.