रतन थापालाई कारबाही गरेपछि बजगाईंले भनेः पिलोको खिल निकालियो

धनगढी: नेकपा एमालेका नेता तथा पूर्व मेयर महादेव बजगाईंले रतन थापामाथि कारबाही गरेपछि खुसी ब्यक्त गरेका छन्। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आज एमाले कैलालीका अध्यक्ष थापालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि उनले सामाजिक सञ्जालमा खुसी ब्यक्त गरेका हुन्।

बजगाईंले आफ्नो फेसबुकमा लेखेका छन् , ‘नेकपा एमालेको पिलोको खिल आजबाट निकालिएको खबर प्राप्त भएको छ। फोहोरको डम्पिङ हुने ठाउँ पुरानो होला वा नयाँ होला ? ’ बजगाईं एमालेबाट निर्वाचित लम्कीचुहा नगरपालिकाका पूर्व मेयर हुन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बजगाईंलाई हराउन थापाले भूमिका खेलेको आरोप एमाले कैलालीले लगाएको थियो।

Leave A Reply

Your email address will not be published.