बाजुरामा भिरबाट ढुङ्गा खस्दा विद्यालय गइरहेका एक बालक घाइते

धनगढी: बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्।

सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले बताए। उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.